तराई र काठमाडौंका धेरै स्थानमा हुस्सु

नेपालभ्युज

तराई र काठमाडौंका धेरै स्थानमा हुस्सु
फाइल तस्वीर ।

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई र काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु तथा केही ठाउँमा कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शुक्रबार) दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ भने राति मौसम सफा रहने छ ।

शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved