मारिएका अफगानी मन्त्री : जसको टाउकाको मूल्य ५० लाख अमेरिकी डलर तोकिएको थियो

नेपालभ्युज

मारिएका अफगानी मन्त्री : जसको टाउकाको मूल्य ५० लाख अमेरिकी डलर तोकिएको थियो

काठमाडौं । आत्मघाती हमलामा मारिएका अफगानिस्तानको तालिबानी सरकारका शरणार्थी मामिलामन्त्री उर–रहमान खलील हक्कानीबारे अहिले विभिन्न तथ्य सार्वजनिक भइरहेका छन् । यसैबीच भर्खरै एउटा तथ्य सार्वजनिक भएको छ ।

जसअनुसार अमेरिकाले तत्कालीन तालिबान विद्रोही नेता हक्कानीको टाउकाको मूल्य तोकको विषय बाहिरिएको छ । कुनैबला अमेरिकाले उनको टाउको लिएर आउनेलाई ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

हक्कानी नेटवर्क अमेरिकामा ’विदेशी आतंकवादी संगठन’को सूचीमा रहेको पाइएको छ ।

अमेरिकी सरकारको रिवार्ड्स फर जस्टिस वेबसाइटले हक्कानीले सन् २०१० देखि अफगानिस्तानको लोगर प्रान्तमा तालिबानको नेतृत्व गरेको उल्लेख गरेको छ ।

अफगानिस्तानका शरणार्थी मामिलामन्त्री हक्कानीको बुधबार राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको थियो । मन्त्रालयको कार्यालयमा भएको विष्फोटमा उनको मृत्यु भएको हो ।

अफगानिस्तानका शरणार्थी मामिलामन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved