आसिफ शेख आइएमई पेको ब्रान्ड एम्बासडर

नेपालभ्युज

आसिफ शेख आइएमई पेको ब्रान्ड एम्बासडर

काठमाडौं । नेपाली क्रिकेटर आसिफ शेख नेपालको पहिलो डिजिटल वालेट आइएमई पेको ब्रान्ड एम्बासडर बनेका छन् । उनलाई एक कार्यक्रम माझ कम्पनीले ब्रान्ड एम्बासडर बनाएको हो ।

नेपालको राष्ट्रिय क्रिकेट टिममा दायाँ हाते विकेटकिपर/ब्याट्सम्यानको रूपमा खेल्दै आएका शेखले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेलहरूमा कम उमेरमै कैयौँ कीर्तिमान प्राप्त गरिसकेका छन् ।

कार्यक्रममा बोल्दै आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘नेपाली क्रिकेटको लागि हाम्रो समर्थन जारी राख्दै, हामी विश्वास गर्छौं कि यो साझेदारी खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट कदम हुनेछ ।’

उनले सो साझेदारीलाई डिजिटल फाइनान्सको सम्भाव्यता नेपाली क्रिकेटको जोशसँग जोड्ने महत्त्वपूर्ण कदम रूपमा लिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved