सेयर बजारमा हरियाली, जानकी फाइनान्समा झुम्मिए लगानीकर्ता

नेपालभ्युज

सेयर बजारमा हरियाली, जानकी फाइनान्समा झुम्मिए लगानीकर्ता
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८ अंकले बढेर २७१५ दशमलव ७१ को विन्दुमा पुगेको छ ।

बुधबार ३०८ कम्पनीका ५६ हजार ३५० पटकको कारोबारमा १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४ सय ५० रुपैयाँ रहेको छ ।

२११ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनी घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये म्युचुअल फन्ड झिनो अंकले घट्दा सबैमा हरियाली छाएको छ । आज जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् । जसको कारोबार रकम ३६ करोड १५ लाख २ हजार ४४३ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved