अमेरिकाले दियो युक्रेनलाई रुसबाट कब्जा गरेको सम्पत्तिबाट २० अर्ब डलर

नेपालभ्युज

अमेरिकाले दियो युक्रेनलाई रुसबाट कब्जा गरेको सम्पत्तिबाट २० अर्ब डलर

काठमाडौं । अमेरिकाले युक्रेनलाई २० अर्ब डलरको कोष दिएको छ । अमेरिकाले यो कोष रुसको जफत गरिएको सम्पत्तिबाट लिएको हो ।

यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो, जुन जी-७ समूहका सदस्य राष्ट्रहरूले जुनमा घोषणा गरेका थिए ।

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायताको अर्थ रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने बताए ।

उनले अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र युक्रेनले उक्त रकम पाउने बताए ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि आफूले पदभार सम्हालेसँगै रुस–युक्रेन युद्ध अन्त्य गर्न चाहेको भन्दै अमेरिकाले युक्रेनलाई यो सहयोग गरेको हो ।

ट्रम्पले युक्रेनलाई दिएको सहायतालाई ‘अमेरिकी स्रोतमाथिको बोझ’ भनेका थिए ।

ट्रम्पको यो भनाइपछि नयाँ राष्ट्रपतिको प्रशासनमा पनि युक्रेनलाई आर्थिक सहायता दिने हो कि होइन भन्ने शंका उत्पन्न भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved