पावर प्लेमा जनकपुरले गुमायो ५ विकेट

नेपालभ्युज

पावर प्लेमा जनकपुरले गुमायो ५ विकेट

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पावर प्लेमा सङ्घर्षपूर्ण ब्याटिङ गरेको छ ।

पहिलो ६ ओभरमा जनकपुरले ५ विकेटको क्षतिमा ३७ रन बनाएको हो ।

१.२ ओभरमा कप्तान अनिल साह शून्य रनमा आउट भए । उनलाई सुदूरपश्चिमका सैफ जैबले आउट गरे ।

२.४ ओभरमा आसिफ शेख ४ रनमा आउट भए । उनलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आउट गरे । २.६ ओभरमा हर्ष थाकेर ५ रनमा रन आउट भए ।

यस्तै, सुदूरपश्चिमका इशान पाण्डेले २ विकेट लिए । उनले ३.३ ओभरमा लाहिरु मिलन्थालाई ७ र शुभ कंशकारलाई शून्य रनमा आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved