इजरायलले गर्‍यो सिरियाका १५ वटा नौसैनिक जहाजमाथि आक्रमण

नेपालभ्युज

इजरायलले गर्‍यो सिरियाका १५ वटा नौसैनिक जहाजमाथि आक्रमण

काठमाडौं । इजरायलले सिरियाका नौसैनिक जहाजमाथि आक्रमण गरेको छ । यसको पुष्टि इजरायली सेनाले गरेको हो ।

साेमबार राति अल–बायदा र लताकिया बन्दरगाहमा रहेका १५ वटा नौसैनिक जहाजमाथि आक्रमण गरिएको बीबीसीकाे समाचारमा उल्लेख छ । सिरियाली सैन्य तागतलाई कमजोर बनाउन उक्त आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ ।

बीबीसीले देखाएको भिडिओमा जहाज र बन्दरगाहका केही भागमा ठूलो क्षति देखिएको छ । सिरियामा ३१० भन्दा बढी स्थानमा हमला गरेको इजरायली सेनाले जनाएको छ ।

बशर अल–असद अपदस्थ भएपछि इजरायलले सिरियामा ३१० भन्दा बढी हवाई हमला गरेको बेलायतस्थित सिरियन अब्सर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले पनि जनाएको छ ।

इजरायली रक्षामन्त्री इस्राइल काट्जले असदको सत्ता गएको मौका पारेर सिरियालाई कमजोर बनाउन आक्रमण गरिएको बताएका छन् । ‘हाम्रो लक्ष्य इजरायललाई खतरामा पार्ने रणनीतिक क्षमताहरूलाई नष्ट गर्नु हो,’ उनले भनेका छन् ।

केही दिनअघि तत्कालीन सिरियाली राष्ट्रपति असद सिरियाबाट भागेर रुस गएका थिए । त्यसपछि विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved