एमालेले भन्यो- प्रधानमन्त्रीको चीन भ्रमण सफल भयो

नेपालभ्युज

एमालेले भन्यो- प्रधानमन्त्रीको चीन भ्रमण सफल भयो

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दे उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमणका  क्रममा नेपालको दीर्घकालीन विकासमा सहयोग पुग्ने गरी सम्झौता र सहमति भएकोले चीन भ्रमण सफल रहेको निष्कर्ष निकालेको बताए ।

ज्ञवालीका अनुसार बीआरआईका विषयमा भएका समझदारी  महत्त्वपूर्ण भएकाले यसको कार्यान्वयनमा लाग्नुपर्ने बैठकको निष्कर्ष छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved