रविलाई पोखरा लैजाँदा ज्यादती गरेको मूल्य कांग्रेस-एमालेले चुकाउनुपर्नेछ: प्रचण्ड

नेपालभ्युज

रविलाई पोखरा लैजाँदा ज्यादती गरेको मूल्य कांग्रेस-एमालेले चुकाउनुपर्नेछ: प्रचण्ड

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।

मंगलबार चितवनमा आयोजित खबरदारी सभामा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले रविमाथि मध्यरातमा प्रहरीबाट ज्यादती भएको दाबी गरे ।

उनले भने, “अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य कांग्रेस र एमालेले धेरै चर्को चुकाउनुपर्नेछ ।”

उनले सत्तारुढ दलभित्रै पनि यस्तो अमानवीय र निरंकुश कामको विरोध हुन थालेको बताए । रवि लामिछाने प्रकरणले सत्तारुढ गठबन्धनभित्रकै असन्तुष्टि झल्काएको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved