काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सको ब्याटिङ धरापमा देखिएको छ ।
लुम्बिनीले ८ ओभरमा ४ विकेटको क्षतिमा ५० रन बनाएको हो । ७.५ ओभरमा टम मुर्स १० रनमा आउट भए । उनलाई चितवनका कप्तान कुशल मल्लले आउट गरे ।
६.३ ओभरमा अर्जुन साउद १५ रनमा आउट भए । उनलाई रञ्जित कुमारले आउट गरे ।
पहिलो ६ ओभरमा लुम्बिनीले २ विकेटको क्षतिमा ३३ रन बनायो । पावर प्लेमा एकै ओभरमा चितवनका रिजन ढकालले २ विकेट लिए।
१.१ ओभरमा आशुतोष घिरैया १ रनमा आउट भए । १.३ ओभरमा उन्मुक्त चन्द शून्यमा आउट भए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर चितवन राइनोजले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
Facebook Comment
Comment