पार्टी छाड्ने र निष्क्रिय हुने प्रवृत्ति बढ्यो : उपाध्यक्ष ज्ञवाली

नेपालभ्युज

पार्टी छाड्ने र निष्क्रिय हुने प्रवृत्ति बढ्यो : उपाध्यक्ष ज्ञवाली
फाइल फाेटाे

भद्रपुर । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र व्यक्तिगत स्वार्थ पूरा नहुँदा पार्टी छाड्ने र निष्क्रिय हुने प्रवृत्ति बढेको विषयमा चिन्ता व्यक्त गरेका छन् ।

झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा सोमबार आयोजित पार्टीका नेता कार्यकर्ताहरूको बृहत् भेलामा ज्ञवालीले नेता, कार्यकर्ताले पार्टीका आधिकारिक बैठकबाहेक अन्यत्र गएर बोल्ने प्रवृत्तिले पार्टी अनुशासनमा चुनौती ल्याएको उल्लेख गरे । उनले नेता र कार्यकर्तालाई मितव्ययी, इमानदार र सच्चा कम्युनिष्टको परिचय दिन निर्देशन दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved