रवि लामिछानेलाई पर्सा पुर्‍याइयो

नेपालभ्युज

रवि लामिछानेलाई पर्सा पुर्‍याइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि पर्सा लगिएको छ ।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले बयानका लागि लामिछानेलाई पर्सा लगिएको हो ।

लामिछानेलाई विमानबाट पोखरा हुँदै काठमाडौं र काठमाडौं हुँदै सिमरा विमानस्थल पुर्याइएको थियो ।

सिमराबाट लैजाने क्रममा भने रास्वपा समर्थकले नाराबाजी गरेका थिए । उनीहरुले लामिछानेलाई राखिएको प्रहरीको गाडीलाई अवरोध गर्ने प्रयास गरेका थिए । सो क्रममा प्रहरीले सामान्य बल प्रयोग गरि प्रदर्शनकारीलाई हटाएको थियो ।

सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

प्रहरीले लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved