हुन्डाई नेपालको ‘डिसेम्बर डिलाइट’ : आकर्षक छुट तथा लाभको उत्सव

नेपालभ्युज

हुन्डाई नेपालको ‘डिसेम्बर डिलाइट’ : आकर्षक छुट तथा लाभको उत्सव

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ ।

डिसेम्बर १५सम्म चल्ने यो अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्ने जनाइएको छ ।

‘डिसेम्बर डिलाइट’अन्तर्गत, ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको छुट, ५ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र एक वर्षको बीमा सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, यस अभियानमा जिरो कस्ट ओनरसीप प्लान रहेको छ, जसमा ग्राहकहरूले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् । साथै ३ वर्षको निःशुल्क चेकअप, गाडी मर्मत सामाग्रीहरू तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ ।

कम्पनीका अनुसार यही शनिबार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरूको पनि आयोजना हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved