बूढानीलकण्ठमा कांग्रेसको बैठक जारी

नेपालभ्युज

बूढानीलकण्ठमा कांग्रेसको बैठक जारी
फाइल तस्वीर ।

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार बिहान ९ बजेपछि बैठक सुरु भएकाे हाे ।

बैठकले रिक्त रहेको गण्डकी प्रदेशसभा सदस्यको सिफारिसबारे निर्णय लिने बताइएको छ ।

साथै स्थानीय तह उपनिर्वाचन समीक्षा, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल भइरहेकाे कांग्रेसले जनाएको छ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौता र हालै सम्पन्न उनिर्वाचनको सम्बन्धमा पनि छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved