झाँक्री भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

नेपालभ्युज

झाँक्री भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले झाँक्री प्रकाश भुजेललाई थुनामा पठाउने आदेश गरेको छ । अदालतले लापरबाहिपूर्वक सवारी चलाएर दुघर्टना गराएको देखिएको भन्दै भुजेललाई थुनामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेश अनुसार उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कार्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि झाँक्री पक्राउ परेका थिए ।

झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved