कुशलले एकै ओभरमा दुई विकेट लिएपछि धर्मरायो सुदूरपश्चिमको ब्याटिङ

नेपालभ्युज

कुशलले एकै ओभरमा दुई विकेट लिएपछि धर्मरायो सुदूरपश्चिमको ब्याटिङ

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पावर प्लेमा ४८ रन बनाएको छ ।

सुदूरपश्चिमले पहिलो ६ ओभरमा ३ विकेटको क्षतिमा ४८ रन बनाएको हो । सातौँ ‌ओभरको पहिलो बलमा आरिफ शेख ४ रन बनाएर आउट भएका छन् ।

अहिले सुदूरपश्चिमका लागि इशान पाण्डे र दिलप्रित बाज्वाले ब्याटिङ गरिरहेका छन् ।

सुदूरपश्चिमका सैफ जैब १८ रनमा आउट भए । उनलाई चितवनका रिजन ढकालले आउट गरेका हुन् ।

चितवनका कप्तान कुशल मल्लले एकै ओभरमा २ विकेट लिए । उनले ४.१ ओभरमा विनोद भण्डारीलाई १० रनमा र ४.४ ओभरमा ब्राण्डन म्याकमुलनलाई १३ रनमा आउट गरे ।

चितवनले दिएको १६५ रनको लक्ष्यमा सुदूरपश्चिमले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved