सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै

नेपालभ्युज

सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै

काठमाडौं ।  एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर चितवनले ब्याटिङ रोजेको हो ।

सुदूरपश्चिम लगातार चौथो खेलमा जित हासिल गर्ने योजनामा रहेको छ । चितवन भने तेस्रो जितको खोजीमा छ ।

पछिल्लो ३ खेलमा जित हासिल गरेको सुदूरपश्चिम ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । ३ मध्ये २ खेलमा जित हासिल गरेको चितवन ४ अंकसहित तेस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved