काठमाडौं । इस्लामिक विद्रोही समूह हयात तहरीर अल–शामले राजधानी दमास्कसमा प्रवेश गरी सिरियालाई स्वतन्त्र घोषणा गरेको छ ।
विद्रोहीहरूले राष्ट्रपति बसर अल असदले देश छोडेको दाबी गरेका छन् ।
यसैबीच विपक्षी नेता हादी अल बहराले दमास्कस सुरक्षित रहेको दाबी गरेका छन् ।
बहराले अरबी समाचार च्यानल अल-अरेबियालाई भने, ‘असदको सरकार पतन भएको छ र सिरियाको इतिहासको कालो युग बितिसकेको छ।’
‘हाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू, जबसम्म तपाईं अरू कुनै नागरिकको विरुद्धमा हतियार उठाउनुहुन्न, जबसम्म तपाईं आफ्नो घरमा बस्नुहुन्छ, तबसम्म तपाईं सुरक्षित हुनुहुन्छ,’ उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् ।
उनले लेखेका छन्, ‘न त बदला लिने जस्तो कुनै कारबाही हुनेछैन न मानवअधिकार हनन हुनेछ। जनताको मर्यादाको सम्मान र रक्षा गरिनेछ।’
सिरियामाथि विद्रोहीको कब्जा
Facebook Comment
Comment