सिरियामाथि विद्रोहीको कब्जा

नेपालभ्युज

सिरियामाथि विद्रोहीको कब्जा
राष्ट्रपति बसर अल–असदलाई अपदस्थ गरेपछि सिरियाली जनता ।

काठमाडौं । सिरियामाथि विद्रोहीले कब्जा गरेका छन् । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले आइतबार बिहान राजधानी दमास्कस आफ्नो कब्जामा आएको घोषणा गरेको हो ।

विद्रोही समूह नजिक आइपुगेपछि राष्ट्रपति बशर अल असद राजधानी दमास्कस छोड्न बाध्य भएका थिए ।

विद्रोहीहरूले देशका प्रमुख सहरहरू कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले आइतबार बिहान दमास्कस छोडेको रोयर्टसले जनाएको छ ।

यसपछि विद्रोही समूह राजधानी दमास्कस पुगेको थियो । त्यहाँ पुगेर विद्रोही कमान्डर असन अब्दुल घानीले देश असदको शासनबाट पूर्णरुपमा स्वतन्त्र भएको घोषणा गरेका छन् ।

आइतबार बिहान राजधानी दमास्कसमा गोली चलेको आवाज सुनिएको थियो । जुन विद्रोही समूहका कमान्डरकाे अहर्षबढाइ रहेको जनाइएको छ ।

यससँगै राष्ट्रपति असदको २४ वर्ष लामो शासन अन्त्य भएको मानिएको छ ।

देश कब्जा गर्ने नजिक सिरियाका विद्रोही : राष्ट्रपति असद राजधानी छोड्न बाध्य

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved