झापामा गाडीको ठक्करबाट बाटो काट्दै गरेका पैदलयात्रीको मृत्यु

नेपालभ्युज

झापामा गाडीको ठक्करबाट बाटो काट्दै गरेका पैदलयात्रीको मृत्यु

झापा । पूर्वपश्चिम राजगार्गस्थित झापाको कनकाई नगरपालिका– ८ लक्ष्मीपुरमा शनिबार गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ४०८४ नम्बरको गाडीले बाटो काट्दै गरेका पैदलयात्री स्थानीय ६६ वर्षीय गवरसिंह राईलाई ठक्कर दिएको हो । उनको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

गाडी चालक पर्साको वीरगञ्ज महानगरपालिका–१६ का ३० वर्षीय दीपक गुप्तालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved