टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

नेपालभ्युज

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

धरान । सुनसरीको हरिनगर गाउँपालिका–४ मा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

हरिनगरको मुख्य बजारस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को १ख ६४३१ नंको टिपरले ठक्कर दिँदा देवानगञ्ज गाउँपालिका–७ बस्ने ४५ वर्षीय झलु उरावको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि स्थानीयले टिपरमा आगजनी गर्न खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

ठक्कर दिने गाडी र चालक इटहरी उपमहानगपालिका–१६ बस्ने ३३ वर्षीय अब्दुल रहमान अन्सारीलाई इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved