आजको मौसम: कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना

नेपालभ्युज

आजको मौसम: कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज शनिबार देशभर मौसम प्रायः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सफा रहने अनुमान छ । कोशी प्रदेशको पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहनेछ। कोशी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाले मौसमअनुसार आफ्नो यात्रा र गतिविधि योजना बनाउन सबैलाई आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved