सुनको मूल्य घट्दा चाँदी बढ्यो

नेपालभ्युज

सुनको मूल्य घट्दा चाँदी बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रूपैयाँले घटेको हो । आज सुन तोलाको १ लाख ५० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रूपैयाँले बढेर १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved