चितवन राइनोजले पावर प्लेमा बनायो २८ रन

नेपालभ्युज

चितवन राइनोजले पावर प्लेमा बनायो २८ रन
तस्वीर स्रोतः चितवन राइनोज/फेसबुक

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले पावर प्लेमा २८ रन बनाएको छ ।

चितवन राइनोजले पहिलो ६ ओभरमा ३ विकेटको क्षतिमा २८ रन बनाएका हुन् ।

अहिले रवि बोपारा र कप्तान कुशल मल्लले ब्याटिङ गरिरहेको छ ।

यसअघि, चितवनका लागि विपिन रावलले ११, दीपक बोहरा ८ र लुक बेन्केनस्टाइन भने शून्यमा आउट भए ।

कर्णालीका लागि नन्दन यादव, सोमपाल कामी र जिशान मक्सुदले १–१ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर कर्णालीले पहिले बलिङ रोजेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved