हर्क साम्पाङले सञ्चारकर्मीलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण

नेपालभ्युज

हर्क साम्पाङले सञ्चारकर्मीलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

धरानका प्रमुख साम्पाङले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर धम्की दिएपछि महासंघका महासचिव रोसन पुरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

‘समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रिया जाने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान छ । यसलाई बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अन्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’, महासचिव पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रमुख साम्पाङको उक्त शैलीले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुगेको महासंघको ठहर छ । महासंघले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग  गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved