बालुवाटारमा बीआरआई फ्रेमवर्क कार्यदलको बैठक

नेपालभ्युज

बालुवाटारमा बीआरआई फ्रेमवर्क कार्यदलको बैठक

काठमाडौं । बालुवाटारमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्क कार्यदलको बैठक बसेको छ। चीन भ्रमणबाट प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि बिहीबार साँझ कार्यदलको बैठक बसेको हो ।

बैठकमा कांग्रेस महामन्त्री गगन थापा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा सहभागी छन्।

उक्त बैठकमा बेइजिङमा बीआरआई फ्रेमवर्कमा भएको हस्ताक्षरबारे समीक्षा हुने बताइएको छ ।

बुधबार बेइजिङमा भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका कामु सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved