चीनबाट फर्किएर प्रधानमन्त्रीले भने– अब भारत भ्रमण पनि एरेन्ज गर्नुपर्छ

ओलीले भने ‘भारत भ्रमण अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुङ्ग्याउन सकिन्छ ?’

नेपालभ्युज

चीनबाट फर्किएर प्रधानमन्त्रीले भने– अब भारत भ्रमण पनि एरेन्ज गर्नुपर्छ

काठमाडौं । चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण पनि बिस्तारै गर्ने बताएका छन् ।

चारदिने चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली आज भ्रमण सकाएर फर्किएपछि काठमाडौं विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिए ।

सञ्चारकर्मीले ‘अब दक्षिणको भ्रमण कहिले ?’ भन्ने जिज्ञासा राखेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले भने ‘अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुङ्ग्याउन सकिन्छ ?’

ओलीले चिनियाँ राष्ट्रपतिसँग राम्रो कुरा भएको समेत बताए । कसैकोविरुद्ध नभई आफ्नै मित्रताबारे कुरा भएको बताएका थिए ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

सोही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा समेत हस्ताक्षर भएको थियो ।

ओलीको प्रतिक्रिया : चिनियाँ राष्ट्रपतिसँग बहुत राम्रो कुरा भयो, ऋणसम्बन्धी कुरा चलेन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved