प्रधानमन्त्री ओलीको प्रतिक्रिया : चिनियाँ राष्ट्रपतिसँग बहुत राम्रो कुरा भयो

नेपालभ्युज

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : चिनियाँ राष्ट्रपतिसँग बहुत राम्रो कुरा भयो

काठमाडौं । चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षी र चिनियाँ राष्ट्रपतिसँग फलदायी वार्ता भएको बताएका छन् ।

चारदिने चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली आज भ्रमण सकाएर फर्किएपछि काठमाडौं विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कसैकोविरुद्ध नभई आफ्नैबारेमा कुरा भएको बताए ।

ओलीले भने, ‘चिनियाँ राष्ट्रपतिसँग बहुत राम्रो कुरा भयो, हाम्रो मित्रता कसैको विरुद्ध होइन, हाम्रै मित्रताबारे कुरा भयो । हामी दुईदेश मिलेर नेपालमा विकासको मार्ग खोल्ने विषयमा कुरा भयो । ऋणसम्बिन्ध कुनै कुरा चलेन । केही सहमति तथा समझदारी पत्रमा हस्ताक्षर तथा पत्र आदानप्रदान भयो ।’

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

सोही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा समेत हस्ताक्षर भएको थियो ।

स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले विमानस्थलमा गार्ड अफ अनर प्रदान गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved