घट्यो सेयर बजार, खुम्चियो कारोबार रकम

नेपालभ्युज

घट्यो सेयर बजार, खुम्चियो कारोबार रकम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ९३ अंकले घटेर २७३४ दशमलव ९३ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०७ कम्पनीका ८७ हजार ४७६ पटकको कारोबारमा १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

४० कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनी राताम्मे छन् भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये जीवन बीमा र व्यापार समूह बढ्दा अन्य घटेका छन् । आज नेपाल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved