अमेरिकाले नेपाली विद्यार्थीका लागि अप्रिलबाट भिसा आवेदन खोल्ने

नेपालभ्युज

अमेरिकाले नेपाली विद्यार्थीका लागि अप्रिलबाट भिसा आवेदन खोल्ने

काठमाडौं। अमेरिकाले नेपाली विद्यार्थीका लागि नयाँ भिसा आवेदन सन् २०२५ अप्रिलदेखि खोल्‍ने भएको छ ।

अमेरिकी दूतावास काठमाडौंले सामाजिक सञ्‍जालमार्फत एक सूचना जारी गर्दै सन् २०२५ को अप्रिल, मे, जुन र जुलाईका लागि विद्यार्थी भिसा आवेदनको मिति घोषणा गर्न लागेको जनाएको हो ।

दूतावासले आफ्नो स्थान सुरक्षित गर्न नेपाली विद्यार्थीहरूलाई अपिलसमेत गरेको छ ।

दूतावासले जारी गरेको सूचना अनुसार अप्रिल २०२५ को आवेदन २२ जनवरी बिहान ८ बजे खुल्नेछ भने मे २०२५ को आवेदन १३ मार्चमा बिहान ८ बजे खुल्ने उल्लेख छ ।

यस्तै जुन २०२५ का आवेदन १७ अप्रिल बिहान ८ बजे खुल्नेछ भने जुलाई २०२५ का आवेदन १५ मे बिहान ८ बजे खुल्ने बताइएको छ ।

दूतावासले विद्यार्थीले भिसा प्रक्रिया सम्बन्धी थप जान्नका लागि https://np.usembassy.gov/visas/ लिंकमा गएर हेर्न सक्‍ने  जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved