रवि, जीबीसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी

नेपालभ्युज

रवि, जीबीसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी
फाइल तस्वीर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ ।

वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको हो ।

यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीवी राई हुन् । त्यहाँबाट गोर्खा मिडिया नेटवर्कमा पैसा भित्राएर अपचलन गरेको आरोपमा रवि, जीबीसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो ।

सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो । रकम फिर्ता नपाएको भन्दै पीडितले जाहेरी दिएका थिए ।

अहिले रविमाथि चितवनमा बयान भइरहेको छ । काठमाडौंबाट पक्राउ परेका रविलाई कास्की, रुपन्देही, काठमाडौं लगिसकिएको छ । अहिले चितवन लगिएको छ ।

उनले त्यहाँको साहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान दिइरहेका छन् ।

उनले यसअघि नै पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबारे बयान दिइसकेका छन् ।

अब फेरि पर्सा लगिने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved