नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

नेपालभ्युज

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल १० दशमलव ६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

जसमध्ये ३ दशमलव ८० प्रतिशत बोनस सेयर र ६ दशमलव ८५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved