प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

नेपालभ्युज

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् ।

बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेटवार्ता भएको हो । करिब आधाघण्टा भएको भेटमा आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । सो भेटवार्ताको क्रममा दुई देशका अधिकारीले ९ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved