बेलका–९ को वडाध्यक्षमा माओवादीका उम्मेदवार झिनो अन्तरले विजयी

नेपालभ्युज

बेलका–९ को वडाध्यक्षमा माओवादीका उम्मेदवार झिनो अन्तरले विजयी

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भरत घिमिरेले विजयी भएका छन् ।

सोमबार राति सम्पन्न मतगणनाअनुसार उनी ५५९ मत ल्याएर विजयी भएका हुन् ।

यस्तै नेकपा (एमाले)का मोहन खड्काले ५२५ मत ल्याए । माओवादीका घिमिरे ३४ मतको झिनो अन्तरले विजयी भएका छन् ।

यसैगरी नेपाली कांग्रेसका नवीन बस्नेतले ४०४, जनता समाजवादी पार्टीका राजकुमार राईले २०७ र राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमाम विकले ११३ मत प्राप्त गरे ।

बेलका–९ मा जम्मा १ हजार ८८५ मत खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved