मतदातामा वितृष्णा तथा निराशा देखियो : रास्वपा

नेपालभ्युज

मतदातामा वितृष्णा तथा निराशा देखियो : रास्वपा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको बताएको छ ।

रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले सोमबार एक विज्ञप्ति जारी गर्दै नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको बताएका हुन् ।

लोकतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा रहेको पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिामा भनिएको छ, ‘मतदाताहरूलाई मतदानमा सहभागी हुन प्रेरित गर्नका साथै निर्वाचित जनप्रतिनिधिहरुले निभाउनुपर्ने भूमिका र गर्नुपर्ने कार्यसम्पादनका सम्बन्धमा रास्वपा सचेत रहेको छ ।’

रास्वपाले आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई मत दिएकोमा मतदाताहरूलाई धन्यवाद समेत दिएको छ ।

यस्तै रास्वपाले स्थानीय तहको निर्वाचनमा सहभागी भए‌को पहिलो अवसर  पार्टीका लागि यो नयाँ अनुभव भएको  बताएको छ ।

काठमाडौं महानगरपालिका वडा नं.१६ मा वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठको विजयीले महिला वडाध्यक्ष प्रवेश गराउन सफल भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved