काठमाडौं । कीर्तिपुर नगरपालिको पाँच वटा वडाको मतगणना सम्पन्न भएको छ ।
१,२,३,४ र ५ को मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसको अग्रता कायमै छ ।
पछिल्लो मतपरिणामअनुसार कांग्रेसका कृष्णमान डंगोल २ हजार ९ सय ३० मतसहित अग्रस्थानमा छन् ।
उनलाई नेकपा एमालेका सुरेन्द्र मानन्धरले २ हजार ३८४ मतसहित पछ्याइरहेका छन् ।
यस्तै, माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन २ हजार ८३ मतसहित तेस्रो स्थानमा छन् ।
स्वतन्त्र उम्मेदवार राजमान महर्जन १ हजार ११३ मतसहित चौथो स्थानमा छन् ।
अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले ९१७ र कविकुमार महर्जनले ७०८ मत पाएका छन् ।
कीर्तिपुरमा २० हजार ३४६ मत खसेको थियो । अहिलेसम्म ११ हजार ३३१ मत गणना भएको छ ।

यी पनि पढ्नुहोस :
स्थानीय तह उपनिर्वाचनमा कुन दलले कहाँ जिते ? (सूचीसहित)
गोरीशंकरमा माओवादीको अग्रता कायमै, एमालेले मतान्तर घटायो
सर्केगाडमा माओवादीको अग्रता कायमै, एमालेलाई पछि पार्दै कांग्रेस दोस्रोमा
Facebook Comment
Comment