स्थानीय तह उपनिर्वाचनमा कुन दलले कहाँ जिते ? (सूचीसहित)

नेपालभ्युज

स्थानीय तह उपनिर्वाचनमा कुन दलले कहाँ जिते ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३८ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अब चारस्थानको परिणाम आउन मात्रै बाँकी छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार नेपाली कांग्रेसले १६ स्थानमा जित हासिल गरेको छ । कांग्रेसले जितेका सबै वडाध्यक्ष हुन् ।

माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, एक उपमेयर,  एक उपाध्यक्ष र पाँच वडाध्यक्षसहित ९ स्थानमा जितेको छ ।

नेकपा एमालेले एक पालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाअध्यक्षसहित ७ स्थानमा जित हासिल गरेको छ ।

साथै, जनता समाजवादी पार्टी, नेपालले २ वडाध्यक्ष जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक/एक स्थानमा जित हासिल गरेको आयोगले जनाएको छ ।

नेपाली कांग्रेस 

हेटौंडा उपमहानगरपालिका-१२, अर्जुनप्रसाद तिवारी

कीर्तिपुर नगरपालिका-१, इच्छाकुमार महर्जन

कीर्तिपुर नगरपालिका-४, राजेन्द्र बानियाँ

तेह्रथुमको लालीगुराँस नगरपालिका-८, नगेन्द्र लिम्बू

रौतहटको ईशनाथ नगरपालिका-७, शेख अब्दुल

रौतहटको राजपुर नगरपालिका-६, समसे आलम निर्वाचित

गुल्मीको मुसिकोट नगरपालिका-१, आनन्द श्रेष्ठ

कञ्चनपुरको भीमदत्त नगरपालिका-६, प्रकाश चन्द

बर्दियाको ठाकुरबाबा नगरपालिका-४, अमिन थारू

जाजरकोटको कुशे गाउँपालिका-७, खम्बबहादुर सिंह

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-५ मोतीराम खत्री

बझाङको सूर्मा गाउँपालिका-४, धिरेन्द्र पुजारा

डोटीको पुर्वीचौकी गाउँपालिका-६, मोहन थापा

दार्चुलाको दुहु गाउँपालिका-५ , धनसिंह कुँवर

रोल्पाको रुन्टीगढी गाउँपालिका-४, भुपमणि पुन मगर

सुनसरीको गढी गाउँपालिका-६, तेतर साहु

नेकपा माओवादी केन्द्र 

मोरङको ग्रामथान गाउँपालिका- अध्यक्ष, नमोनारायण माझी

जाजरकोटको नलगाड नगरपालिका- उपमेयर, देवका लामिछाने

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका- उपाध्यक्ष, नरपुरा बुढा

गोरखा नगरपालिका-५, विष्णुबहादुर मगर

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५, नरबहादुर झाक्री

उदयपुरको त्रियुगा नगरपालिका-१२, नवीनकुमार बान्तवा राई

धनुषाको धनुषाधाम नगरपालिका-१, सुनील कापर केवट

नुवाकोटको ककनी गाउँपालिका-२, कृष्ण घिमिरे

रोल्पाको पुथा उत्तरगंगा-२, जगत घर्ती (निर्विरोध)

नेकपा एमाले

ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्ष, गंगाबहादुर तामाङ

दैलेखकै महाबु गाउँपालिका अध्यक्ष, जंगबहादुर शाही

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, सुलोचना भण्डारी

दैलेखको दुल्लु नगरपालिका-१३, लालबहादुर शाही

महोत्तरीको रामगोपालपुर नगरपालिका-२, सकिवुल खाँ

ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३, कुमारी सावादेन

कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१, मोहमत ताहिर मुसलमान

जसपा नेपाल 

सप्तरीको डाक्नेश्वरी नगरपालिका १, धिरेन्द्रकुमार शाह

डाक्नेश्वरी ४, देवेन्द्रप्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं महानगरपालिका-१६, रोजिना श्रेष्ठ

एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्रले जितेको स्थान

रौतहटको गढीमाई नगरपालिका-८, एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव

कालीकोटको तिलागुफा नगरपालिका-४, नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही

झापाको कन्काई नगरपालिका-६, स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved