गेटाफेलाई हराउँदै रियलले बार्सिलोनासँगको अंक दूरी घटायो

नेपालभ्युज

गेटाफेलाई हराउँदै रियलले बार्सिलोनासँगको अंक दूरी घटायो

काठमाडौं । स्पेनिस ला-लिगा फुटबलमा साविक विजेता रियल म्याड्रियले जित निकालेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियलले गेटाफेलाई २–० गोलअन्तरले हराएको हो ।

सान्टियागो बेर्नाबाओमा घरेलु टोली रियलले खेलको ३० औँ मिनेटमा नै अग्रता लिएको थियो । जुड बेलिङ्घमले पेनाल्टीमा गोल गरेका हुन् ।

केलियन एमबाप्पेले ३८ औँ मिनेटमा गोल गरेपछि रियलले खेल २–० ले जित्यो ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाएको छ ।

बार्सिलोनाको १५ खेलबाट ३४ अंक छ । एक खेल कम खेलेको रियलको ३३ अंक भएको छ । उ बार्सिलोनाभन्दा अब १ अंकले मात्र पछि छ ।

गेटाफे भने १३ अंकसहित १७ औँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved