काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान चीनको बेइजिङ प्रस्थान गरेका छन् ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी आजदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमणमा गएका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोमबार उनको कुनै भेटघाटको कार्यक्रम छैन । मंगलबार बिहान ११ बजे चिनियाँ समकक्षी ली छ्याङसँग भेटघाटको कार्यक्रम छ । १२ बजे विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग भेट गर्नेछन् । मंगलबार नै जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।
मंसिर १९ गते बुधबार प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य अतिथिका रुपमा सम्बोधन गर्नेछन् ।
त्यसपछि बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई उनले सम्बोधन गर्नेछन् ।
सोही दिन सङ्ग्रहालय भ्रमण रहेको छ । प्रधानमन्त्री ओली मंसिर २० गते साढे २ बजे स्वदेश फर्कने कार्यक्रम छ ।
हेर्नुहोस सम्पूर्ण भ्रमण तालिका :








Facebook Comment
Comment