डोल्पाको त्रिपुरासुन्दरी-५ मा माओवादीका झाक्री विजयी

नेपालभ्युज

डोल्पाको त्रिपुरासुन्दरी-५ मा माओवादीका झाक्री विजयी

सुर्खेत । डोल्पाको त्रिपुरासन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाक्री विजयी भएका छन् ।

सोमबार सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार झाक्री १६१ मतसहित वडाध्यक्षमा विजयी  भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर रोकाले ११६ र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाए ।

यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा सो वडामा नेकपा एमालेले जितेको थियो । त्यसबेला एमालेका नन्दलाल रोका १०८ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जंगबहादुर रोकायाले १०२ मत ल्याएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved