पुथाउत्तरगंगा गाउँपालिकाको मतगणना सुरु

नेपालभ्युज

पुथाउत्तरगंगा गाउँपालिकाको मतगणना सुरु
फाइल फोटो

काठमाडौं । पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ ।

सर्वदलीय र सर्वपक्षीय बैठक पश्चात सोमबार बिहान ९:५० बाट मतगणना सुरू गरिएको सहायक निर्वाचन अधिकृत ईश्वरी सुवेदीले जानकारी दिए  ।

उपाध्यक्ष पदका लागि एमालेकी केशकुमारी तुलाचन र माओवादीकी  नरपुरा बुढा उम्मेदवार छन् ।

२ नम्बर वडा अध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती यसअघि नै सर्वसम्मत निर्वाचित भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved