कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

नेपालभ्युज

कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन्।

सोमबार बिहान ९:३० बजेसम्मको परिणामअनुसार डंगोलले १ हजार ३१६ मतसहित अग्रता कायम राखेका हुन् ।

नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र मानन्धरले ९७८ मत सहित डंगोललाई पछ्याइरहेका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले ७१६ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार ध्रुव महर्जनले २२७ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ५२० र दिनेशकुमार अधिकारीले ४३४ मत ल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved