मनीषाले जितिन् फिल्मफेयर ओटीटी अवार्डमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार

नेपालभ्युज

मनीषाले जितिन् फिल्मफेयर ओटीटी अवार्डमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार

काठमाडौं । बलिउड चलचित्र नगरीकी नेपाली अभिनेत्री मनीषा कोइरालाले ‘फिल्मफेयर ओटीटी अवार्ड–२४’मा उत्कृष्ट अभिनेत्रीको (फिमेल एक्टर)को उपधि जितेकी छिन् ।

उनले ‘हिरामण्डी’बाट उक्त पुरस्कार हात पारेकी हुन् ।

हिरामण्डी सञ्जयलीला भन्सालीद्वारा निर्देशित ‘हिस्टोरिकल ड्रामा’ हो । यस सेरिजमा मनीषासँगै सोनाक्षी सिन्हालगायतले अभिनय गरेका छन् ।

मनीषा भारतको चलचित्र नगरीमा छाएकी नेपाली अभिनेत्री हुन् । उनले त्यहाँ फिल्मफेयर अवार्डसँगै अन्य थुप्रै पुरस्कार जितेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved