ताप्लेजुङको सिरीजङ्घा-३ मा एमालेले लियो सुरुवाती अग्रता

नेपालभ्युज

ताप्लेजुङको सिरीजङ्घा-३ मा एमालेले लियो सुरुवाती अग्रता

काठमाडौं । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

वडाध्यक्ष पदमा भएको  उपनिर्वाचनको प्रारम्भिक मतगणनामा एमालेकी कुमारी सावादेनले  ८३ मतसहित अग्रता लिएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी, नेपाली कांग्रेसका भीम कुमार लक्सम्वाले ५५ मत पाए। यस्तै माओवादी केन्द्रका अम्वी साउदेनले ४७ मत पाए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले १३ मत  र राष्ट्रिय स्वतन्त्र पार्टीका देवी प्रसाद पौडेलले ३ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved