कालिकोटको तिलागुफा- ४ मा नेमकिपाका शाही विजयी

नेपालभ्युज

कालिकोटको तिलागुफा- ४ मा नेमकिपाका शाही विजयी

सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्कराज शाही विजयी भएका छन् ।

शाही १४३ मत ल्याएर विजयी भएको जिल्ला निर्वाचन कार्यालय कालीकोटका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।

उनका अनुसार निकट्तम प्रतिद्वन्दी माओवादीका नैशोभा शाहीले ११५, एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलन बहादुर शाहीले ४९ मत पाए ।

यस्तै राप्रपाले १५, स्वतन्त्रले ५ मत पाएका छन् । ४११ मत खसेकोमा ४ मत बदर भएको छ । यहाँ अघिल्लो पटक माओवादीले जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved