उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो

नेपालभ्युज

उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो

काठमाडौं । रिक्त रहेका स्थानीय तहमा उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ ।

नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष समेत गरेर ४१ स्थानमा आज भएको उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।

आयोगका अनुसार सबैभन्दा बढी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा मत खसेको छ । सबैभन्दा कम काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा मत खसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved