उपनिर्वाचनको मतदान सकियो, मतपेटिका संकलनलगतै आजै मतगणना

नेपालभ्युज

उपनिर्वाचनको मतदान सकियो, मतपेटिका संकलनलगतै आजै मतगणना

काठमाडौं । स्थानीय तहका विभिन्न ४१ पदमा जारी उपनिर्वाचनको मतदान सकिएको छ । भोट खसाल्न लाइन लागेकाहरूले भने मत हाल्न पाउने छन् ।

करिब ६२ प्रतिशत मतदान भएको अनुमान छ । थप विवरण आउन बाँकी छ । निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार दिउँसो चार बजेसम्म करिब ६१ प्रतिशत मतदान सम्पन्न भएको थियो ।

मतदान सकिएलगत्तै मतगणनाको काम सुरु हुनेछ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको हो ।

निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved