गौरीशंकर गाउँपालिका उपाध्यक्षको मतगणना भोलि मात्रै

नेपालभ्युज

गौरीशंकर गाउँपालिका उपाध्यक्षको मतगणना भोलि मात्रै

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाको रिक्त उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना सोमबार मात्रै हुने भएको छ ।

वडा नम्बर ९ को मतपेटिका गणनास्थल ल्याउन ढिला हुने भएकोले मतगणना सुरु हुने सम्भावना छैन ।

उक्त वडाका मतपत्र हिँडेर ल्याउँदा दुई दिन लाग्नेछ । हेलिकोप्टरको व्यवस्था नभएका कारण खसेको मतपेटिका ढिलोगरी मात्र ल्याइने हुँदा सोमबारबाट मात्र गणना हुने जनाइएको छ ।

गौरीशंकरको उपाध्यक्षका लागि दलगत र स्वतन्त्र गरी १६ जनाको मनोनयन दर्ता भएको थियो ।   अरु स्थानीय तहको मतगणना भने आइतबारदेखि नै सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved