ब्लाइन्ड टी–२० विश्वकप : सेमिफाइनलमा रोकियो नेपाल

नेपालभ्युज

ब्लाइन्ड टी–२० विश्वकप : सेमिफाइनलमा रोकियो नेपाल

काठमाडौं। ब्लाइन्ड टी–२० विश्वकप क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ ।

आइतबार भएको सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।

९५ रनको लक्ष्य पाकस्तिानले ५.३ ओभरमा कुनै विकेट नगुमाइ पूरा गरे । पाकिस्तानका लागि कम्रानले अविजित ६३ र बाबरले अविजित ३२ रन बनाए ।

पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ९४ रन बनायो । नेपालका लागि दुर्गादत्तले ४० रन बनाउँदा रमेशले भने १७ रनमा अविजित रहे । पाकिस्तानका लागि मतिउल्लाहले ३ र बादरले १ विकेट लिए ।

यसअघि, लिग चरणमा पाकिस्तानले नेपाललाई १० विकेटले पराजित गरेको थियो ।

नेपाल श्रीलंकासँग ७० रनले र बंगलादेशसँग ६७ रनले पराजित भएको थियो । अर्को खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको थियो । नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको थियो ।

नेपालले लिग चरणमा २ जित र ३ पराजयपश्चात सेमिफाइनलमा स्थान पक्का गरेको थियो । कुल ६ अंकसहित शीर्ष ४ मा पर्न सफल भएको नेपाल सेमिफाइनलमा पुगेको थियो ।

४ अंक सहित र भारतसँगको खेलमा वाकओभरमार्फत पाएको ६ अंकसहित शीर्ष चारमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

ब्लाइन्ड क्रिकेट टी २० विश्वकपमा नेपाल पहिलो पटक सेमिफाइनल पुगेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved