सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदका लागि जारी उपनिर्वाचनमा बिहान ११ बजेसम्म ४ हजार ४७ मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकृत नविनकुमार कठायतका अनुसार, बिहान ७ बजेबाट सुरु भएको मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ ।
नलगाडमा १६ वटा मतदानस्थल र २४ वटा मतदान केन्द्रमा मतदाता उत्साहपूर्वक मतदान गरिरहेका छन् ।
कुल १६ हजार ४४९ मतदाता रहेको नलगाडमा उपप्रमुख पदका लागि ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, माओवादी केन्द्रबाट देवका लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन, राप्रपा नेपालबाट सुनिता पुन रावल, र नेपाल समाजवादी पार्टीबाट पवित्रा जैसीले उपप्रमुख पदका लागि दाबी पेश गरेका छन् ।
निर्वाचन कार्यालयले मतदान प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन सबै तयारी पूरा गरेको जनाएको छ ।
Facebook Comment
Comment